काठमाडौं । नेपाल इन्फ्रास्टक्चर(निफ्रा) बैंकको आईपीओ नेप्सेमा सुचीकृत भएको छ ।
बैंकको २० करोड कित्ता सेयर बिहीवार सूचीकृत भएको हो । यसको शेयर कारोबार अब आइतवारबाट हुनेछ ।
निफ्राले नेपालमा अहिलेसम्मकै ठूलो आइपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणको लागि २ माघ गते ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्रको प्रारम्भिक निष्काशन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया