अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस् : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहाईको माग गरेका छन् ।

बिहीवार (आज) दिउँसो ट्वीट गर्दै अध्यक्ष थापाले त्यस्तो माग गरेका हुन् । साथै सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नपाउने भन्दै आपत्ति जनाएका छन् ।

“रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस्। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस् ।” उनले भने ।

नेतृ झाँक्रीलाई आज उनको निवास शंखुवासभाबाट पक्राउ गरेको छ । झाँक्रीलाई राज्यविरुद्ध कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?