९ चैत्र २०७९, बिहीवार

शिक्षा क्षेत्र सुधारको माग गर्दै विद्यार्थीद्वारा अनशन

२०७४,आश्विन,१८,बुधबार ०७:२१

0
Shares

राजविराज, १८ असोज ।शिक्षा क्षेत्रको सुधारको माग गर्दै सप्तरीका बाल क्लबका विद्यार्थीले आजबाट राजविराजमा अनशन शुरु गरेका छन् ।सप्तरीको राजविराजस्थित गजेन्द्र चौकमा लालिगुराँस बाल क्लबका बालबालिकाले १४ सूत्रीय माग राख्दै अनशन शुरु गरेका हुन् ।बालबालिकाले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, बन्द हडतालका बेला विद्यालयलाई बन्द गर्न नहुने, कक्षा १२ सम्मको रजिष्ट्रेशन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निःशुल्क उपलब्ध गराउनुपर्ने, सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्नेलगायतका १४ सूत्रीय माग राख्दै अनशन सुरु गरेको लालिगुराँस बाल क्लबका अध्यक्ष मोहमद जकाउल्लाहले बताए ।आफूहरुले पटकपटक विभिन्न आन्दोलनका कार्यक्रम गरेको भए पनि सम्बन्धित निकायले बेवास्ता गरेकाले बाध्य भएर आज पुनः अनशनमा बसेको उनले बताए । सयाैँको संख्यामा रहेका बाल क्लबका बालबालिका तथा विद्यार्थीले विभिन्न प्लेकार्डसहित अनशन शुरु गरेका छन् ।आफूहरुको मागप्रति ध्यान नदिए कडा आन्दोलनसमेत गर्ने उनीहरुले चेतावनी दिएका छन् ।यता सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले लालिगुराँस बाल क्लबका बालबालिकाले गरेको अनशनको विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।बाल क्लबका बालबालिकाले गत असारमा पनि चार दिन रिले अनशन गरेका थिए ।जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले शिक्षा कार्यालयको तर्फबाट उनीहरुको माग सम्बोधनका लागि पहल गरिसकेको बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ०७:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००