काठमाडौं । विभिन्न ४ राजनीतिक दलले १५ सदस्यीय राणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । बिहीवार काठमाडौंमा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ४ राजनीतिक दलले सरकारविरुद्ध संयुक्त संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
आज कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा संयुक्त मोर्चा घोषणा गर्दै उक्त मोर्चाले सरकारविरुद्ध माघ २९ (आज) देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
आज घोषणा गरिएको संयुक्त मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् ।
त्यस्तै आज नै मोर्चाको अवधारणा पनि सार्वजनिक गरिएको छ ।
संयुक्त रणनैतिक मोर्चाको केन्द्रीय समितिमा भने सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् ।
साथै यस मोर्चामा हाल र पछि आबद्ध हुने कम्युनिष्ट पार्टीहरू र अन्य शक्ति एवं व्यक्तित्वहरू मोर्चाको मान्यतासँग नबाझिने गरी आफ्नो कार्यदिशाअनुरूप अभिव्यक्ति र गतिविधि गर्न स्वतन्त्र रहने बताइएको छ ।
रणनैतिक-संयुक्त-मोर्चाको-अवधारणा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया