काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले आफ्ना समर्थकहरुलाई
धैर्यधारण गर्न आग्रह गरेकी छिन् ।
राज्यविरुद्ध कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीवार (आज) दिउँसो उनको निवास शंखमुलबाट पक्राउ गरेको छ । आफू अनुसन्धानको लागि अपराध अनुसन्धान महाशाखा मिनभवनमा रहेको बताएकी छिन् ।
राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध गलत अभिव्यक्ति दिएको आरोपमा प्रहरीले अनुसन्धानका लागि झाँक्रीलाई पक्राउ गरेको हो । त्यस्तै नेतृ झाँक्रीले आफूहरुले लढेर गणतन्त्र ल्याएको र जसबाटै बोल्ने अधिकार सुनिस्चित भएको बताउँदै बोल्न पाउने अधिकार कसैले खोस्न नसक्ने बताउँदै आएकी छिन् ।
नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कागती तानाशाहको संज्ञा दिँदै छिट्टै नै त्यस्तो प्रवृतिको अन्त्य हुने सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आएकी छिन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्- “राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथिहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाई हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया