विजय देवरकोण्डा स्टारर फिल्म ‘लाइगर’को रिलीज डेट सार्वजनिक हुँदै

काठमाडौं । साउथ सुपरस्टार विजय देवरकोण्डा र अनन्या पाण्डे स्टारर फिल्म लाइगरको थियेट्रिकल रिलीज डेट आज (बिहीवार) अनाउन्स गरिन सक्ने बताइएको छ ।

फिल्म मेकर करण जौहरले एक भिडियो शेयर गर्दै यसको जानकारी दिएका छन् ।

फिल्ममा विजय र अनन्याबाहेक राम्या कृष्णन, रोनित राय, विशु रेड्डी, आली र गेटअप श्रीनू मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?