काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले सोही पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतीलाई धुलिसाफ गर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वटिरमार्फत् एक ट्वीट शेयर गर्दै उनले प्रहरीलाई रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ भन्दे माग गरेका हुन् ।
रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतीलाई धुलिसाफ गर्ने भए । राष्ट्रपती संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । ब्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ ।
— Yogesh Bhattarai (@yogesbhattarai) February 11, 2021
उनले लेखेका छन्, ‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतीलाई धुलिसाफ गर्ने भए । राष्ट्रपती संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । व्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ ।’
झाँक्रीले राष्ट्रपति विद्या भण्डारीबारे गोरखामा दिएको अभिव्यक्तिको विषयमा सोधपुछ गर्न प्रहरीले बोलाएको थियो । त्यस लगत्तै उनको निवास अगाडि प्रहरी पुगेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया