पक्राउ गर्न प्रहरी पुग्यो रामकुमारी झाँक्रीको निवासमा, चर्को नाराबाजी गर्दै पुगे समर्थक पनि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले राज्यले चाहेमा जनतासँग सोधपुछ गर्न पाउने बताएकी छिन् ।

राष्ट्रपति र प्रधानमन्त्रीप्रति लक्षित अधिव्यक्तिका कारण स्पष्टीकरणका लागि प्रहरीले बोलाएको थियो । उनको निवास बाहिर सादा पोसाकका प्रहरीहरु पक्राउ गर्नका लागि पुगेको छ । त्यस्तै उनका समर्थकहरुले चर्को नारा लगाएर पुगेका छन् ।

त्यसै विषयमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले आफूले बोलेका कुराहरुमा स्पष्टीकरण दिइरहनुपर्ने विषय नरहेको बताएकी छिन् । यो राजनीतिक मुद्दाहरु भएको बताउँदै आफूले बोलेका कुराहरुले कसैको पनि आत्मसम्मानमा चोट नपुग्ने दाबी गर्दै त्यस्तो बताएकी हुन् । “यो राजनीकि मुद्दा हो । यो विषय स्पष्टीकरण दिइरहनुपर्छ जस्तो लागेको छैन् ।” उनले भनिन् ।

साथै आफूलाई उपस्थितीका लागि प्रहरीले जानकारी गराएपनि पक्राउ पुर्जीको पत्र नआइसकेको उनले बताएकी छिन् । “पक्राउ पुर्जीको पत्र आएको छैन् ।” उनले भनिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?