कागबेनी दुर्घटनाका घाइते काठमाडौँ पठाइयो

मुस्ताङ १८ असोज ।तीन जनाको ज्यान जाने गरी मंगलबार साँझ कागबेनीमा भएको बस दुर्घटनाका घाइतेलाई आज बिहान काठमाडौँ पठाइएको छ ।दुर्घटनामा घाइते भएका २० जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए ।उनकाअनुसार दुर्घटनामा ज्यान गुमाएका विराटनगर–८ का गणेश सुवेदी र कीर्तिपुर–१२ का शर्मिला दुलालको शव पनि आफन्तको जिम्मा लगाएर हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।मृतक सवारी चालक बागलुङका खेमबहादुर बुढामगरको शव भने जिल्ला अस्पताल मुस्ताङमै राखिएको छ । “आफन्त आएपछि बागलुङ पठाउने तयारी भइरहेको छ”, प्रनाउ पाण्डेले भने ।मुक्तिनाथ दर्शन गरी जोमसोम फर्कंदै गरेको ग१ ख५५२९ नम्बरको बस ‘बे्रकफेल’ भई दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका थिए । मंगलबार साँझ नै थप उपचारका लागि पठाउनुपर्ने भए पनि हेलिकप्टर सम्भव नभएकाले बिहानमात्रै पठाइएको प्रहरीले जनाएको छ । “घाइते सबै खतरामुक्त छन्”, प्रनाउ पाण्डेले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?