आईसीसी टेस्ट र्‍यांकिङ : को बन्यो विश्वको नम्बर वान ब्याट्सम्यान, बलर र अल राउण्डर ?

काठमाडौं । इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार ताजा टेस्ट र्‍यांकिङ जारी गरेको छ । यसमा भारतीय कप्तान विराट कोहली चेन्नई टेस्टको खराब प्रदर्शनका कारण ५ औँ स्थानमा पुगेका छन् ।

यो भन्दा अगाडि उनी पहिलोबाट दोश्रो, तेश्रो र चौथो स्थानमा खस्किएका थिए । नोभेम्बर २०१७ पछि उनीयति धेरै तल्लो स्थानमा झरेका हुन् । त्यस्तै भारतीय ओपनर शुभमन गिलले भने ७ स्थानको छलाङ मारेका छन् ।

उनले चेन्नई टेस्टको दोश्रो पारीमा ५० रनको पारी खेलेसँगै ४० औँ नम्बरमा पुगेका छन् । त्यस्तै नटआउट ८१ रन बनाएका वाशिंगटन सुन्दरले २ स्थानको छलाङ मार्दै ८१ औँ नम्बरमा रहेका छन् ।

त्यस्तै भारतका चेतेश्वर पुजारा ७ औँ स्थानमा रहेका छन् । ऋषभ पन्त १३ औँ नम्बरमा छन् ।

पहिलोमा न्यूजिल्याण्डका केन विलियम्सन, दोश्रोमा अष्ट्रेलियाका स्टवि स्मिथ, तेश्रोमा इंग्ल्याण्डका जो रुट, चौथोमा अष्ट्रेलियाका मार्नस लाबुशेन, पाँचौँमा भारतका विराट कोहली, छैटौँमा पाकिस्तानका बाबर आजम, सातौँमा भारतका चेतेश्वर पुजारा, आठौँमा न्यूजिल्याण्डका हेनरी निकोलस, नवौँमा इंग्ल्याण्डकाबेन स्टोक्स र दशौँमा अष्ट्रेलियाका डेभिड वार्नर रहेका छन् ।

त्यस्तै बलिङमा अष्ट्रेलियाका पेट कमिन्स पहिलो, इंग्ल्याण्डका स्टुअर्ट ब्राण्ड, तेश्रोमा इंग्ल्याण्डकै जेम्स एण्डरसन, चौथोमा न्यूजिल्याण्डका नील भ्यागनर, पाँचौँमा अष्ट्रेलियाका जोश हेजलवुड, छैटौँमा न्यूजिल्याण्डका टिम साउदी, सातौँमा भारतका रविचन्द्रन अश्विन, आठौँमा भारतकै जसप्रीत बुमराह, नवौँमा दक्षिण अफ्रीकाका कागिसो रबाडा र दशौँमा वेस्टइण्डिजका जेसन होल्डर रहेका छन् ।

त्यस्तै अलराउण्डर्समा इंग्ल्याण्डका बेन स्टोक्स पहिलो, दोश्रोमा वेस्टइण्डिजका जेसन होल्डर, तेश्रोमा भारतका रविन्द्र जडेजा, चौथोमा बैगलादेशका शाकिब अल हसन, पाँचौँमा न्यूजिल्याण्डका काइल जेमीसन, छैटौँमा भारतका रविचन्द्रन अश्विन, सातौँमा अष्ट्रेलियाका मिचेल स्टार्क, आठौँमा न्यूजिल्याण्डका कोलीन डी ग्रेण्डहोम, त्यस्तै नवौँमा इंग्ल्याण्डका क्रिस वोक्स, दशौँमा अष्ट्रेलियाका पेट कमिन्स रहेका छन् ।

त्यस्तै देशमा पहिलोमा न्यूजिल्याण्ड, दोश्रोमा भारत, तेश्रोमा अष्ट्रेलिया, चौथोमा इंग्ल्याण्ड, पाँचौँमा पाकिस्तान, छैटौँमा दक्षिण अफ्रिका, सातौँमा श्रीलंका, आठौँमा वेस्टइण्डिज, नवौँमा बंगलादेश रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?