सेभियासँग बार्सिलोना पराजित

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग पराजित भएको छ । गएराति भएको खेलमा घरेलु टोली सेभियाले बार्सिलोनामाथि २–० गोलअन्तरले जित निकालेको हो ।

सेभियाको जितमा जुलेस कौन्डे र इभान राकेटिचले गोल गरे। सेभियाविरुद्ध बार्सिलोनाले गोलको अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । जितसँगै सेभियाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

बार्सिलोना र सेभियाबीचको दोस्रो लेग मार्च ४ मा हुनेछ । दोस्रो लेग बार्सिलोनाको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?