लिस्बन । पोर्चुगलबाट काभ्रेपलाञ्चोकका ३१ वर्षीय रवीन्द्र गौतम बिमारीका कारण नेपाल फर्किएका छन् । विगत चार वर्षदेखि पोर्चुगलमा बस्दै आएका गौतमलाई अल्सर र मानसिक समस्याबाट पीडित भएकाले गैरआवासीय नेपाली सङ्घको सहयोगमा बुधवार नेपाल पठाइएको हो ।
सङ्घका अनुसार उनले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आएका थिए । केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको सङ्घका अध्यक्ष तिलक गैरेले जानकारी दिए । सङ्घले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया