सिकार खेल्ने क्रममा भाइको बन्दुक पड्किंदा दाइको मृत्यु

RSS
0
Shares

काठमाडौँ– दाङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा आज एक जनाको मृत्यु भएको छ ।

गढवा गाउँपलिका–२ तिरतिरे डाँडास्थित जङ्गलमा सिकार खेल्नेक्रममा सोही ठाउँ निवासी २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किँदा उनका दाई ४० वर्षीय इन्द्रबहादुर रानाको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी गोबरडियाबाट खटिएको प्रहरीटोलीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?