बालुवाटार जग्गा प्रकरण : मुख्य योजनाकार ढकाललाई थुनामा राख्न आदेश

काठमाडौँ– बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा राखेको अभियोगका मुख्य अभियुक्त मानिएका सोभाकान्त ढकाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

उनलाई न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले थुनामा पठाउने आदेश गरेको हो। बालुवाटार प्रकरण बाहिर आएदेखि फरार रहेको ढकाल आज अदालतमा हाजिर भएका थिए।

यसअघि यही मुद्दामा जोडिएका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ जना पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?