खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति ?

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जानकारी दिएको हो । यस्तै खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरेको छ। हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?