प्रचण्ड र माधव समूहलाई कमल थापाले भने, ‘यस्तो पाखण्ड सोचले जनताको विश्वास घटाएको छ’

काठमाडौँ– राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा पूर्वराजा र पशुपतिनाथको प्रसंग अमर्यादित ढंगले जोडिएको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन, ‘केपी ओलीको विरोध गर्दा अमर्यादित र अनुचितढंगबाट आराध्य देव भगवान् श्रीपशुपतीनाथ र राजा बीरेन्द्र र राजा ज्ञानेन्द्रको प्रसंग जोड्ने यस्तो पाखण्ड सोचले प्रचण्ड र माधव नेपालको अभियानमा आमजनताको विश्वास घटाएको छ, अविश्वास बढाएको छ। यस्तो वेतुकको वकवास बन्द गर्न सल्लाह दिन्छु।’

नेकपाको प्रचण्ड-माधव समूहले आज काठमाडौँमा आयोजना गरेको विरोध सभामा बोल्ने बक्ताहरूले प्रधानमन्त्रीलाई पशुपति नाथले समेत माफी नदिने आशय व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?