‘जनसभा कस्तो हुन्छ हेर्न बुटवल आउनू’- मुख्यमन्त्री पोखरेल

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनसभा हेर्नका लागि राजधानीका पत्रकारलाई निम्तो गरेका छन् ।

उनले आज फेसबुकमा लेखेका छन्, ‘देशभरिको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ भनेर हेर्न फाल्गुन १ गते बुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रहरूलाई । यही फागुन १ गते ओली पक्षले बुटवलमा जनसभा गर्दैछ ।

आज राजधानीमा आयोजित कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डले ‘सभा कस्तो हुन्छ देख्नुभयो ?’ भनेर प्रधानमन्त्री ओलीलाई व्यंग्य गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?