आगलागीले परिवार विस्थापित

बागलुङ, १८ असोज ।आगलागीबाट घरबास गुमेपछि काठेखोला गाउँपालिका–८ लेखानीस्थित हरिकला जिसीको परिवार छिमेकीको आश्रयमा छ ।गत बुधबार विद्युत् चुहावट भई आगलागी हुँदा जिसीको घर पूर्णरुपमा नष्ट भएको थियो । विस्थापित परिवारले पुनःस्थापनामा सहयोग गर्न सबैसँग अपिल गरेका छन् ।घर जलेपछि जिसी र उहाँकी गर्भवती बुहारी छिमेकी पदमबहादुर जिसीको घरमा बस्दै आएका छन । आगलागीबाट नगद रु १ लाख ५० हजार, दुई तोला सुनसहित रु १२ लाख बराबरको सम्पत्ति नष्ट भएको जनाइएको छ ।तत्काल सहयोगस्वरुप नेपाली समाज बहराइनले पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । चामल, तेल, दाललगायत गरी रु आठ हजार बराबरको सहयोग मिलेको राहत संकलन सहयोग समितिका संयोजक बेलबहादुर जिसीले बताए ।सहयोग समितिले देश विदेशबाट राहत संकलन गर्न समन्वय गरिरहेको संयोजक जिसीको भनाइ छ । ७१ वर्षीया जिसीको परिवारलाई राहत तथा पुनःस्थापनामा सबैले सघाउनु पर्ने वडाध्यक्ष चित्रकला श्रीसले बताए ।दशैँंको बेला आगलागीले घर नै गुमेपछि जिसीको परिवार बिचल्लीमा परेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?