नारायणकाजीले पत्रकारलाई मन्चबाटै हकारे- ‘तपाई चुप लाग्नुहोस्’

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई चुप लाग्न चेतावनी दिएका छन् ।

प्रचण्ड-नेपाल पक्षले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै श्रेष्ठले सम्वोधनकै बीच पत्रकार धमलालाई चुप लाग्न भन्दै कडा स्वरमा हकारेका हुन् । ‘पत्रकार साथीहरू हल्ला नगर्नुहोस्, ऋषि धमलाजी त्यहाँ अर्को कार्यक्रम नगर्नुहोस्, चुप लाग्नुहोस् ।

सचिवालय सदस्य एवम् केन्द्रीय संघर्ष समितिका संयोजक समेत रहेका श्रेष्ठले भने, ‘हाम्रो यो संघर्ष ३ वटा लक्ष्य र एउटा मुख्य उदेश्य लिएर घोषणा गरिएको हो ।’ उनले  प्रधानमन्त्री ओली कामचलाउ सरकार भएकाले एक मिनेट पनि सरकारमा बस्ने कुनैपनि अधिकार नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?