काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले देशलाई उज्यालो बनाउनका लागि नयाँ कुलमानहरुलाई नियुक्ती गर्नुपर्ने बताएका छन् । प्रचण्ड-नेपाल पक्षले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन् ।
उनले संघीय प्रणालीको रक्षा गर्नका लागि आफूहरु सडकमा आएको बताएका छन् । उनले भने, ‘हाम्रो संघीय प्रणालीको रक्षा गर्ने हाम्रो उदेश्य संघीयता विरोधी, संविधानको विरोधीहरुलाई खबरदारी गर्नका लागि हामी यहाँ आएका हौँ । जनताको विद्रोहले संघीयता विरोधीहरुलाई परास्ता पार्नेछ । राष्ट्रका साधन स्रोतहरु दलालको हातमा होइन जनताको हातमा दिनुपर्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया