ओली कागजी बादशाह हुन्- नेतृ झाँक्री

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कागजी बादशाह’ को संज्ञा दिएकी छन्।

प्रचण्ड-नेपाल पक्षले आज भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभामा बोल्दै नेतृ झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन्। सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाईन्छ । संविधान र कानूनकाबीचमा बन्द कोठभित्र भएका सेटिङविरुद्ध बोल्न पाइन्छ ।’

आफूले राष्ट्रपति जस्तो सम्मानित संस्थाको विरुद्ध नबोलेको भन्दै उनले खलपात्रविरुद्ध बोलेको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?