काठमाडौं । सरकारले विद्युतीय बस किन्न फेरि साझा यातायातलाई नै जिम्मा दिने तयारी गरेको छ । बस किन्न साझालाई दिएको रकम गत वर्ष फिर्ता मागेको सरकारले पुन सो रकम साझालाई नै फिर्ता दिने प्रस्ताव गरेको हो ।
साझाले गत वर्ष ५० वटा विद्युतिय बस किन्ने तयारी गरेको थियो । सरकारले अब शेयरको रुपमा ३ अर्ब नै साझासँग रहने र उसले क्षमता अनुसार खर्च गर्दै जानसक्ने गरी अख्तियारी दिने तयारी गरेको हो । गत वर्ष माघमा साझालाई सरकारले बस किन्न रकम नदिने भन्दै फिर्ता माग्ने निर्णय गरेर अल्झाइदिएको थियो । यद्यपी साझाबाट फिर्ता लिने निर्णय गरिएको रकम अहिलेसम्म साझाकै खातामा रहेको जनाइएको छ ।
साझाबाट रकम फिर्ता लिने निर्णयपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस किनेर निजी क्षेत्रलाई चलाउन दिने तयारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया