प्रचण्ड-नेपाल पक्षको प्रदर्शन, काठमाडौंको सवारी आवागमन प्रभावित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षको विरोध प्रदर्शनका कारण आज काठमाडौं  केही स्थानमा सवारी आवगमन प्रभावित हुने भएको छ ।

खासगरी रिङरोड भित्र सार्वजनिक गाडी प्रभावित हुने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार रिङरोडभित्र जुलुमा सहभागी हुने गाडी भने प्रवेश गर्न पाउनेछन् । सभागृह अगाडी मुख्य सडकमा मञ्च बनेकाले घण्टाघर, पुरानोबसपार्कबाट मिामामामामामासंहदरबार आउने मुलबाटो बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

११ बजेबाट माईतिघर, लैनचौर, त्रिपुरेश्वर, टेकु, केशरमहल लगायतका ठाउँबाट जुलुस निस्कने हुनाले ति क्षेत्रसहित काठमाडौंको भित्री एरियामा ट्राफिक व्यवस्थापनमा केही असर पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?