कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा तोकेको छ ।

युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९० रुपैयाँ ३५ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ १२ पैसा र बिक्रीदर ११ रुपैयाँ १८ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?