१८ फाल्गुन २०८०, शुक्रवार

मुस्ताङको टुकुचेमा जलविद्युत् आयोजना निर्माण

२०७४,आश्विन,१८,बुधबार ०६:४५

0
Shares

मुस्ताङ , १८ असोज ।आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ ।माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि भदौको पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरु गरेको हो ।असोज अन्तिममा केन्द्रीय लाइनमा बिजुली जोड्ने तयारी गरेको आयोजनाका साइट म्यानेजर सुदिप खड्काले बताए । आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रशारण लाइन र दुईवटा सव स्टेशन बनाएको छ ।चार वर्षमा आयोजना निर्माण पूरा भएको हो । बेनी–जोमसोम सडकको टुकुचे खण्ड भन्दा करिब पाँच सय मिटरभित्र आयोजनाको विद्युतगृह छ ।आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट क्षेत्रमा अवस्थित छ । रु दुई अर्ब ५६ करोडको लागतमा आयोजना निर्माण भएको प्रबन्ध निर्देशक खड्काले जानकारी दिए । भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरेको भन्दा रु १२ करोड लागत बढेको कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ०६:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ । नगरपालिकाले नेपाल कला

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ । गत बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तामाङ समुदायले आज मनाउँदै गरेको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिएका

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०