पशुपतिमा सुनको जलहरी: अप्रत्यासित आयो पैसा

काठमाडौं । अन्ततः ‘कम्युनिष्ट’ आवरणकै सरकारका पदाधिकारीहरूबाट जनताको गाँस–बासका सवाल भाँडमै जाओस् भन्दै भगवान पशुपतिनाथका लागि ५० करोडको चेक काटिएको छ । लाखबत्ती बाल्न पशुपति पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आदेशको शैलीमा दिने भनेका ३० करोड रुपैयाँ भर्खरै निकासा भएको छ भने ५० करोडको अर्को चेक पशुपति क्षेत्र विकास कोषले जारी गरेको छ ।

आजभोलि नै शिवलिंगमा १ सय ८ केजीको जलहरी जडान गर्न नेपाल राष्ट्र बैंकबाट सुन खरिद गरिने कोषका एक पदाधिकारीले बताए । त्यसका लागि लागत इस्टिमेट भइसकेको छ । जलहरी जडान गर्न कालिगढलाई दिनुपर्ने ज्यालाको पैसा दाताबाट जुटाइने ती पदाधिकारीले जनाए । “दाताहरू तयार पारिएको छ, तर नाम गोप्य राखिएको छ ।”

कोषको नेपाल इन्भेष्टमेन्ट बैंक, बत्तीसपुतली शाखामा रहेको मुद्दती खाताबाट रकम निकाल्न लागिएको हो । उक्त खातामा कोषको आन्तरिक आम्दानी (भेटीघाटी), सरकारी रकमसहित व्याज रकम छ ।

उता, अरु काम छाडेर सुनको जलहरी जडान गर्ने कुरा अनुचित भन्दै त्यहाँका प्रदेश सांसद नरोत्तमलाल वैद्यलगायतले विरोध गरिरहेका छन् । उनीहरूले त्यसका लागि स्थानीयवासी सम्मिलित विरोध समिति नै बनाएका छन् । तर, कोष भने जलहरी जडानमा पेलेरै जाने मनस्थितिमा छ । त्यसका लागि पशुपतिभित्र च्यासलको सुरक्षा नेपाली सेनालाई दिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?