नेपाल प्रहरीका ६ जना डीएसपीको सरुवा

काठमाडौँ- नेपाल प्रहरीका ६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ।

प्रहरी महानिरीक्षकको निर्णयबाट उनीहरुको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ। कार्यालयका अनुसार नगर प्रहरी कार्यालय काठमाडौंमा कोमल शाह, नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा रामहरी पाण्डेलाई ल्याइएको छ भने प्रहरी वृत भक्तपुर ठिमीमा नरहरी रेग्मीलाई पठाइएको छ।

यस्तै, डीएसपी तुलसीराम अर्याल जिल्ला प्रहरी कार्यालय अछाम, बाल नरसिंह राणा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र मनोहर प्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?