कालो हरिण शिकार केस : सालमानले भने-‘माफ गर्नुस्’

काठमाडौं । सलमान खानविरुद्ध झुटो एफिडेभिट दिएको आरोपमा दर्ता भएको केसको सुनुवाई मंगलवार जोधपुर सेशन कोर्टमा भयो ।

सलमान यसमा भिडियो कन्फ्रेसिङको माध्यमबाट जोडिएका थिए ।

यस मामिलाको सुनुवाइको क्रममा सलमानका वकील हस्तीमल सारस्वतले कोर्टमा ८ अगस्ट २००३ मा गल्तीले एफिडेभिट दिएको बताए । त्यसैले सलमानलाई माफ गरिदिन उनले सुझाए ।

यस केसमा कोर्टले ११ फेब्रुअरीमा निर्णय सुनाउनेछ ।

१९९८ मा जोधपुरको कांकाणी गाउँको सीमामा २ वटा कालो हरिणको शिकारमा उनी पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?