बज्रवाराहीमा रक्तदान कार्यक्रम

काठमाडौँ– मकवानपुरको थाहानगरपालिका ६ स्थित बज्रवाराहीमा रक्तदान कार्यक्रम हुने भएको छ ।

प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा आगामी माघ ३० गते रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।

‘आज अरुका लागि, भोलि आफ्नो लागि’ भन्ने नारासहित कार्यक्रम गर्न लागिएको हो । निर्धक्क भएर रक्तदान गर्न आयोजकले सवैलाई आग्रह गरेको छ । वडा कार्यालयको प्रांगणमा हुने रक्तदान कार्यक्रम बिहान १० देखि ४ बजेसम्म संचालन हुनेछ ।

कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी बज्रवाराही शाखा, बज्रवाराही हार्डवेयर, रोटरी स्याटेलाइट क्लव अफ काठमाडों वेष्ट, बज्रवाराही माविका पूर्व विद्यार्थी संगठनलगायतले सहजीकरण गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?