२८ जेष्ठ २०८०, आईतवार

राष्ट्र बैंक गुहार्दै सुन व्यवसायी भने, ‘आयात सहज बनाइदिनुपर्‍यो’

२०७७,माघ,२७,मंगलवार १५:०९

0
Shares

काठमाडौँ – सुनचाँदी व्यवसायी आफ्ना माग लिएर नेपाल राष्ट्र बैंक पुगेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधि सुन आयात सहज बनाउन माग गर्दै राष्ट्र बैंक पुगेका हुन् । राष्ट्र बैंकले सुन आयात र वितरणको विषयमा निश्चित प्रावधान लागू गरेको छ ।

हालको प्रावधान अनुसार वाणिज्य बैंकहरुले मात्रै सुन आयात र बिक्री गर्न सक्ने व्यवस्था छ । हालको आयात निर्यात्को कार्यान्वयन फितलो भएको भन्दै त्यसलाई सहज बनाउन सुन व्यवसायीहरुले माग गरेका छन् ।

व्यवसायीले राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक वमबहादुर मिश्रलाई भेटेर आफ्ना मागहरु राखेका थिए । सो भेटघाटपछि कार्यकारी निर्देशक मिश्रले राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार काम भए नभएको अनुगमन गरी त्यसलाई ब्यवस्थित गरिने बताए ।

राष्ट्र बैंकले सुन आायत कोटामा पनि पुनरावलोकन गरिने आश्वासन दिएको महासंघले जनाएको छ ।

हाल वाणिज्य बैंकहरुले सामान्य अवस्थामा २० केजी र चाडवाडका बेला २५ केजी सुन आयात गर्न पाउने व्यवस्था छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा सुन व्यवसायी राष्ट्र बैंक पुगेको थियो ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १५:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

 दोधारा चादनी । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई

राजु विश्वकर्मा- वीरगञ्ज । कुनैबेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेका छन्

रुपनी जिएम  जानकी । अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित

सुरुङ्गा । झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको स्तरोन्नतिका लागि  १९ करोड बजेट विनियोजन गरिएको छ

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०