२८ जेष्ठ २०८०, आईतवार

बैंक अफ काठमाण्डूले ल्यायो उच्च स्तरको परिमार्जित ईन्टरनेट बैंकिङ्ग सेवा ‘बिओके क्लिक’

२०७७,माघ,२७,मंगलवार १४:४६

9
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको ईन्टरनेट बैंकिङ्ग सेवा “BOK CLICK” को स्तरोन्तरी गरेको छ । बैंकले विभिन्न आकर्षक सेवा तथा सुविधाहरु थप गर्दै उच्च स्तरको परिमार्जित ईन्टरनेट बैंकिङ्ग सेवा “BOK CLICK” आफ्ना संस्थागत ग्राहकहरु समक्ष ल्याएको हो ।

जस अन्तर्गत विभिन्न नयाँ सुविधाहरु जस्तै खाताको जानकारी, बहु खाताहरु लिंक र नियन्त्रण, अन्तर बैंक रकमान्तर, IPS सुबिधा, संस्थाको कर्मचारीको तलब व्यवस्थापन तथा तलब रकमान्तरण आदि सम्बन्धि सेवा उपलब्ध हुने बैंकले जनाएको छ । यस सुबिधाबाट ग्राहकहरुले बैंकिङ्ग कारोबारको लागि बैंक आईरहनुपर्ने समस्यालाई निवारण हुनुका साथै समयसापेक्ष बैंकिङ्ग सेवाको अनुभव गर्न सक्नुहुने विश्वास बैंकले लिएको जनाएको छ ।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न Multi-Layer Authentication को व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकहरु आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरीएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १४:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता धितोपत्र बजार बिगतको तुलनामा धेरैहदसम्म सुखद देखिएको छ । अर्थमन्त्रालय अन्र्तगतको राजश्व महाशाखाले सेयर

काठमाडौं । मुलुकको अर्थतन्त्र कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिती

काठमाडौं । देशभर उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहकाबीच काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत

काठमाडौं । एन आई सी एशिया क्यापिटलले “आईडिया टु आईपिओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आपिओ

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०