१४ जेष्ठ २०८०, आईतवार

निर्वाचनबारे छलफल गरेर आयोगबाट बाहिरिए प्रधानमन्त्री ओली, तस्वीरमा जे देखियो

२०७७,माघ,२७,मंगलवार १३:५६

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनबारे छलफल गरेका छन् ।

मंगलवार (आज) निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले निर्वाचन प्रमुख आयुक्त र आयुक्तहरुसँग छलफल गरेका हुन् ।

आजको छलफलमा आगामी निर्वाचनको तयारीका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलका क्रममा आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले प्रधानमन्त्री ओलीलाई निर्वाचनका विषयमा जानकारी गराएको उनले बताए ।

संसद विघटनपछि नेपाल कम्युनिष्ट पार्टी दुई भागमा विभाजन भएको छ । दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गरिरहेका छन् । निर्वाचन आयोगले दुवै पक्षलाई निर्वाचन आयोगमा उपस्थित हुन भनेको थियो । नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली आफ्ना प्रतिनिधि पठाएका थिए । भने नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय आयोगमा उपस्थित भएर नेकपाको आधिकारिकताबारे छलफल गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १३:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

काठमाडौँ । नागरिक अगुवाहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपति रामचन्द्र पौडेलमाथि दवाव बढाएका छन् । नागरिक अगुवाहरु साध्यबहादुर, भण्डारी, डा

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालयमा दिउँसो १

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०