२८ जेष्ठ २०८०, आईतवार

६ महिनामा १ अर्ब ३६ करोडको तरकारी तथा फलफूल कारोबार

२०७७,माघ,२७,मंगलवार ११:१६

0
Shares

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आ.व २०७७/७८ को ६ महिनामा तरकारी तथा फलफूलमा एक अर्ब ३६ करोडको कारोबार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले संकलन गरेको अर्थ बजारको तथ्याङ्कलाई हेर्दा ६ महिनामा एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० कारोवार भएको पाइएको हो ।

मुलतः वर्षे तथा हिउँदे तरकारी, बेसार, अलैँची, तरकारी बीउ, वर्षे मकै, बदाम, कन्येच्याउ, लिची, आँप, सुन्तला, वर्षे तथा हिउँदे आलु, जुनार (मौसम), अदुवा र लसुनमा भएको कारोवारलाई पहिलोपटक तथ्याङ्कमा निकालिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए।

“हामीले सुर्खेत जिल्लामा पहिलोपटक लिएको फलफूल र तरकारी बालीवस्तुको आर्थिक कारोवार हो”, निर्देशक रोकायले भने, “उत्पादित बालीवस्तुबाट भएको आन्तरिक तथा बाह्य कारोवार कति भएको छ भन्ने कुरा यो प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।” उनले भने, “सुर्खेत राजधानी भएर कर्णालीका अन्य जिल्लाबाट आएको तरकारी तथा फलफूलको कुरा हुनसक्छ, निर्यात कारोवार तेब्बरले भएको देखिन्छ ।”

उनका अनुसार सुर्खेत जिल्लाभित्र भएको ५३ हजार ५५३ क्विन्टलबाट २३ करोड १४ लाख २३ हजार ४०० कारोवार भएको छ भने सुर्खेतबाट बाहिर निर्यात दुई लाख २५ हजार ५८९ क्विन्टलमा ८० करोड ५३ लाख ६९ हजार २०० कारोवार भएको छ । यो प्रारम्भिक तथ्याङ्क भएकाले यसको प्रशोधन गरिने निर्देशक रोकायको भनाइ छ ।

निर्देशनालयका अर्थविज्ञ प्रिया थापाले यहाँ उत्पादित कन्येच्याउ दुई हजार ७२५ क्विन्टलबाट छ करोड २६ लाख ७५ हजार, हिउँदे तरकारी २० हजार ५६७ क्विन्टलबाट छ करोड १७ लाख एक हजार र वर्षे तरकारी १८ हजार ४८८ क्विन्टलबाट रु पाँच करोड ९१ लाख ६१ हजार ६०० आन्तरिक कारोवार भएको बताइन् ।

“कारोवार भएका तरकारी तथा फलफूल बालीमा आयातभन्दा कर्णालीले उत्पादन गरेका फलफूल र तरकारी बालीवस्तु नै छन्”, अर्थविज्ञ थापाले भनिन्, “उत्पादित बालीवस्तुबाट भएको कारोवारमा कर्णालीले कति निर्यात र आयात गर्दोरहेछ भन्ने कुराको निक्र्योल गरिनेछ ।” पहिलोपटक लिएका तथ्याङ्कको प्रमाणीकरण गरिने उनले बताइन् ।

त्यसैगरी निर्यातित वर्षे तरकारी एक लाख ६६ हजार ४६१ क्विन्टलबाट ५३ करोड २६ लाख ७५ हजार २००, हिउँदे आलु २७ हजार ६७५ क्विन्टलबाट १२ करोड ७३ लाख पाँच हजार, हिउँदे तरकारी १७ हजार ५४८ क्विन्टलबाट पाँच करोड २६ लाख ४४ हजार र सुन्तला पाँच हजार ८५६ क्विन्टलबाट तीन करोड ८० लाख ६४ हजार बाह्य कारोवार भएको अर्थविज्ञ थापाले बताइन् ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ११:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता धितोपत्र बजार बिगतको तुलनामा धेरैहदसम्म सुखद देखिएको छ । अर्थमन्त्रालय अन्र्तगतको राजश्व महाशाखाले सेयर

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि तय गरिएको संघीय संसद

ताजा समाचार

हिमालमा पनि बढ्यो तापक्रम
 २०८०,जेष्ठ,२८,आईतवार ०७:२२
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१