सर्वोच्चमा आज सुनुवाइ नहुने

काठमाडौं । प्रतिनिधिसभा विघटन विवादमा परेका रिटको सुनुवाइ बुधवारका लागि सरेको छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा आज सुनुवाइ नहुने भएपछि विघटनविरुद्धको रिटको सुनुवाइ भोलि बुधवारका लागि सरेको हो ।

पाण्डेको सोमवार काठमाडौंमा निधन भएको थियो। सर्वोच्चका पूर्वन्यायाधीश र प्रधानन्यायाधीशको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न एक दिन इजलास रोक्ने प्रचलन छ।

सोमवारको बहसमा सरकारका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराई तथा अधिवक्ताद्वय महेश नेपाल र सीपी रेग्मीले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?