प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्न हुँदैन भन्नु गम्भीर दृष्टिदोष: भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्दा आफ्नो पार्टीको हित हुन्न भन्ने सोच गम्भीर दृष्टिदोष भएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसले एक्लै आन्दोलन गर्नुपर्छ भनेपछि डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनको आलोचना गरेका हुन् ।

सोमवार कांग्रेस महामन्त्री कोइरालाले एक कार्यक्रममा अन्य पार्टीसँग मिलेर आन्दोलन गर्दा कांग्रेसलाई फाइदा नहुने अभिव्यक्ति दिएका थिए । हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस(कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको स्मरण गराउँदै भट्टराईले संयुक्त आन्दोलनबाट कोही पनि भाग्न नहुने तर्क गरेका छन् ।

“ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है! हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० बर्ष टिकेको नबिर्सौं,”भट्टराईले लेखेका छन्, “अहिले नयाॅ शितयुद्धको छायाॅमा त्यस्तै गल्ती दोहोरियोस् ! संयुक्त संघर्षबाट कोही नभागोस् !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?