काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका– ८ स्थित फुटुङमा रहेको एक पानपराग उद्योगमा भीषण आगलागी भएको छ । राति करिब साढे १ बजे शुरु भएको आगलागि बिहान मात्रै नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।
आगलागीबाट पानपराग बनाउने कच्चा पदार्थ र ६ वटा मेसिन जलेर नष्ट भएको जनाइएको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।