अश्विनले लिए ६ विकेट : दोश्रो पारीमा १७८ रनमै समेटियो इंग्ल्याण्ड, भारतलाई शुरुवाती झट्का

काठमाडौं । भारत र इंग्ल्याण्डबीच चेन्नईमा पहिलो टेस्टको चौथो दिनको खेल जारी छ ।

इंग्ल्याण्डले भारतलाई ४२० रनको टार्गेट दिएको छ । जवाफमा अहिले चेतेश्वर पुजारा र शुभमन गिल क्रिजमा रहेका छन् ।

भारतलाई पहिलो झट्का लागिसकेको छ ।रोहित शर्मा १२ रन बनाएर आउट भएका छन् ।

इंग्ल्याण्डले दोश्रो पारीमा १७८ रन बनाउँदै अलआउट भयो ।

रविचन्द्रन अश्विनले एक्लै ६ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?