भागरथीको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि

काठमाडौं । बलात्कार पछि हत्या भएकी भागरथी भट्टको पोस्टमार्टम रिपोर्ट आएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टमा भट्टको शंकास्पद मृत्युको कारण बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ ।

पोस्टमार्टम रिपोर्टमा भागरथीको बलात्कार र घाँटीमा निमोठेको दाग तथा चोटहरु देखिएको  छ ।

थप अनुसन्धान भइरहेको र घटनाको अनुसन्धानमा प्रहरीका विभिन्न टोली खटिएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेका छन् ।

त्यस्तै घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले ‘भजाइनल स्वाब’ परीक्षणका लागि आज काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

यो पनि पढ्नुहोस : 

भागरथी हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि

भागरथीको मोबाइलमा भारतीय सीमकार्ड, डिजिटल फरेन्सिक ल्याबबाट परीक्षण गरिँदै

श्रीमान् बितेको पीडामै रहेकी द्रोपतीलाई सन्तान गुमाउँदाको पीडा

भागरथी हत्याकाण्ड : घटनाको चौतर्फी विरोध, कहाँ पुग्यो अनुसन्धान ?  (भिडियो रिपोर्ट)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?