ओलीले आफ्ना अन्धभक्तलाई मात्रै मन पराउँछन् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अन्धभक्त र आफूले भनेको मान्ने मान्छेलाई मात्रै मन पराउने गरेको आरोप लगाएका छन् ।

सोमवार (आज) काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको पहिलो राष्ट्रिय परिषद भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो आरोप लगाएका हुन् । साथै प्रधानमन्त्री ओली शिक्षक, बुद्धिजिबी तथा वौद्धिक वर्गसँग तर्सिने गरेको टिप्पणी गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको पक्षमा वकालत गरेका कारण हार्ने बाहेक अरु कुनै विकल्प नभएको समेत दाबी गरेका छन् ।

शिक्षक र वौद्धिक वर्गसँग प्रधानमन्त्री ओली तर्सिने गरेको टिप्पणी गर्दै विगतमा शिक्षकहरुलाई ओलीले विचार र राजनीतिबाट टाढा राख्न खोजेको आरोप समेत लगाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने( ‘उहाँलाई आफूले जे भन्यो त्यही मान्ने हनुमान चाहिएको हो। शिक्षकहरू क्रान्तिकारी हुन्छन् । शिक्षक र वुद्धिजीविदेखि ओली तर्संन्छन्।’

त्यस्तै पहिले शिक्षकहरुलाई राजनीति र बिचारबाट अलग राख्न कोसिस प्रधानमन्त्री ओलीले गरेपनि अहिले प्रहरी जसरी शिक्षकहरुलाई केन्द्रीय समितिमा राखेको प्रचण्डको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?