२८ जेष्ठ २०८०, आईतवार

किसानलाई मार्का नपर्ने गरी वैदेशिक लगानी भित्र्याउन सरोकारवालाको जोड

२०७७,माघ,२६,सोमवार १५:५०

0
Shares

काठमाडौं । कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउदा साना किसानहरुलाई मार्का नपर्ने गरी भित्र्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज (सोमवार)को बैठकमा सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्राउँदा देश भित्रका साना किसानहरुलाई मार्का पर्ने भएकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरनिको राजभण्डारीले कृषिमा विदेशी लगानी भित्राउँदा सरोकारवालासँग गहन छलफल गर्नुपर्ने बताए । सरोकारवालाको छलफल बिना एकाएक विदेशी लगानी भित्रयाउँदा नेपालको पुरै कृषि क्षेत्र बिदेशीलाई हस्तान्तरण गरेजस्तै हुने उनको भनाई छ । सरकारले ऐन बनाउँदा विशेष ध्यान पुर्‍याउनुपर्ने उनले बताए ।

यस्तै डेरी उद्योग संघका उपाध्यक्ष निराजन श्रेष्ठले कृषिमा विदेशी लगानी भित्उर्यानु अघि नेपालका कृषकहरुको रोजगारीको व्यवस्थामा ध्यान दिनुपर्ने बताए । जनशक्ति, जमिन र खाद्य सुरक्षामा पनि ध्यान पुर्‍याउनुपर्ने उनको भनाई छ ।

डेरी उद्योग संघका महासचिव प्रल्हाद दाहाल राज्यले पहिले नेपालका किसानलाई प्रतिस्पर्धी हुनसक्ने बनाउनुपर्ने बताउछन् । त्यसपछि मात्रै विदेशी लगानी भित्राउनुपर्ने उनको धारणा छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल कृषिमा विदेशी लगानी साना तथा मझौला उद्योगमा नभई ठुला उद्योगमा भित्रयाउन लागिएको बताउछन् । ५० करोड भन्दा बढी लगानी गर्ने तथा आफैले उत्पादन गरेर ७५ प्रतिशत बढी निकासी गर्नेलाई मात्रै भित्इर्याने उनले बताउनु भयो । विदेशी लगानीले साना उद्योगी, व्यवसायीलाई अप्ठ्यारो नपर्ने मान्यता राखिएको उनले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलले कृषि तथा पशुपन्छी क्षेत्रको विकासमा नीति तथा कानुन बनाउँदा सम्बन्धित क्षेत्रको धारणा लिने गरेको बताउछन् । किसान र नीजि क्षेत्रलाई असर नपार्ने गरी कृषिमा विदेशी लगानी भित्रिने तथा यसले किसानलाई प्रतिस्पर्धि बनाउने पनि उनको भनाई छ ।

अब बन्ने कार्यविधि सबै पक्षको साथ लिएर बनाइने उनले बताए ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १५:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता धितोपत्र बजार बिगतको तुलनामा धेरैहदसम्म सुखद देखिएको छ । अर्थमन्त्रालय अन्र्तगतको राजश्व महाशाखाले सेयर

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि तय गरिएको संघीय संसद

ताजा समाचार

हिमालमा पनि बढ्यो तापक्रम
 २०८०,जेष्ठ,२८,आईतवार ०७:२२
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५