काठमाडौं । भारतका विकेटकिपर तथा ब्याट्सम्यान ऋषभ पन्तले आईसीसीले घोषणा गरेको नयाँ मासिक उत्कृष्ट खेलाडीको पुरस्कार पाएका छन् ।
उनको राम्रो प्रदर्शनलाई नियाल्दै उनलाई आईसीसीले जनवरी महिनाको उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको हो । उनले इंग्ल्याण्डका कप्तान जो रुटलाई पछि पार्दै उपाधि जितेका हुन् ।
आईसीसीले पहिलो पटक महिनाको उत्कृष्ट खेलाडीलाई पुरस्कार दिन लागेको हो ।
यसमा आईसीसीले जनवरीका लागि भारतीय विकेटकिपर ऋषभ पन्त, इंग्ल्याण्डका कप्तान जो रुट र आयरल्याण्डका ब्याट्सम्यान पोल स्टर्लिङलाई चयन गरेको थियो । जसमा पन्तले बाजी मारेका हुन् ।
A month to remember Down Under for @RishabhPant17 and India 🌏
Congratulations to the inaugural winner of the ICC Men’s Player of the Month award 👏
📝 https://t.co/aMWlU9Xq6H pic.twitter.com/g7SQbvukh6
— ICC (@ICC) February 8, 2021