२२ जेष्ठ २०८०, सोमवार

नेपाल बैंकमा सरकारको ठाडो हस्तक्षेप : अध्यक्षले दिए राजीनामा

२०७७,माघ,२६,सोमवार १४:४८

0
Shares

काठमाडौं । नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजिनामा दिएका छन् ।

सरकारले बैंकमाथि हस्तक्षेप गरेपछि अध्यक्ष अधिकारीले राजीनामा दिएका हुन् । नियामक निकाय नेपाल राष्ट्र बैंकले लाभांशका लागि स्वीकृत दिएपनि सरकारले घटाउन भनेपछि अनाश्यक हस्तक्षेप गरेको भन्दै अध्यक्ष अधिकारीले राजीनामा दिएका हुन् ।

अध्यक्ष अधिकारीले गत माघ ५ गते अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् । बैंक सञ्चालक समितिले घोषणा गरेर नियामक निकायले स्कीकृत गरेको लाभांश सरकारले घटाउन नमिल्ने भन्दै उनले राजीनामा दिएका हुन् । सरकार लगानीकर्ता मात्रै भएकाले अनाश्यक हस्तक्षेप गर्न नहुने अध्यक्ष अधिकारीको भनाई छ ।

नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । यसलाई राष्ट्र बैंकले स्वीकृती दिएर बैंकको गत पुस २९ गते बैंकको साधारणसभा समेत पारित गरिसकेको छ ।

यस्तो अवस्थामा लाभांश घटाउन सरकारको दबाब आएपछि अधिकारी राजीनामा दिन बाध्य भएका हुन् । बैंकमा सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर छ ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १४:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज भने

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०