२८ जेष्ठ २०८०, आईतवार

संवैधानिक इजलासमा बहस : संविधानले प्रधानमन्त्रीलाई जंगबहादुर बन्ने अधिकार दिएको जिकिर

२०७७,माघ,२६,सोमवार १४:३१

0
Shares

काठमाडौं  संसद विघटनविरुद्ध आजको बहसका क्रममा प्रधानमन्त्रीलाई संविधानले जंगबहादुर बन्ने अधिकार दिएको भन्दै एक अधिवक्ताले जिकिर गरेका छन् ।

सोमवारको बहसका क्रममा अधिवक्ता अनन्त लुईटेलले संविधानले प्रधानमन्त्री केपी शमा ओलीलाई जंगबहादुर बन्ने अधिकार दिएको जिकिर गरेका हुन् ।

अधिवक्ता लुईटेलले संसद विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा प्रधानमन्त्री कार्यालयको तर्फबाट बहस गर्दै त्यस्तो बताएका हुन् ।

उनले इजलासमा भने, ‘ ‘प्रधानमन्त्रीलाई जंगबहादुर बनाउन संविधानले विघटनको अधिकार दिएको हो । संविधानमा प्रधानमन्त्रीलाई विशेष अधिकार छ । संविधानले प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने कल्पना गरेको छ । संविधानले २ देख ६ वर्ष संसदको अवधि हुन्छ भनेको छ । विघटनविद्धको रिट खारेज हुनुपर्छ ।’

त्यस्तै उनले प्रधानमन्त्रीसँग असिमित अधिकार भएको जिकिर गर्दै सोही अनुसार रिट खारेज गरेर फैसला हुनुपर्ने दाबी गरेका छन् ।

त्यस्तै आज नै सरकारको तर्फबाट अधिवक्ता ईश्वरी भट्टराई, सीपी रेग्मी, रवी शर्मा खनाल वरिष्ठ, टंक दुलाललगायतले पनि बहस गरेका छन् ।

उनीहरुले प्रधानमन्त्रीलाई विघटनको अधिकार संविधानले नै दिएको भन्दै त्यसविरुद्ध परेका निवेदन खारेज गरिनुपर्ने जिकिर गरेका छन् ।

बहसका क्रममा अधिवक्ता सीसी रेग्मीले सबैकुरा संविधानमा नहुने जिकिरसहित विदेशमा पनि विघटन भएको उदाहरणहरु समेत दिएका थिए । उनले भने, ‘विघटन प्रधानमनत्रीको विशेषाअधिकारको कुरा हो । रिट निवेदकको निवेदन खारेज हनुपर्छ’ ।

त्यस्तै बहस गर्दै अधिवक्ता खनालले समृद्धिको सपना पूरा गर्न प्रधानमन्त्रीले विघटन गर्न गर्न पाउनुपर्ने र त्यो प्रधानमन्त्रीको अधिकार पनि भएको जिकिर गरेका छन् ।उनले भनेका छन्, ‘शपथ मै ५ वर्ष भनिएको हुन्छ । तर अन्तिम समयसम्म काम गर्न नपाएपछि उहाँले विघटन गर्न पउनुपर्छ’ ।

बहस गर्दै अधिवक्ता दुलालले संविधानको धारा ८५ मा कार्यकाल अगावै प्रतिनिधिभिा विघटन हुनसक्ने भन्ने व्यवस्था रहेको दाबी गरेका छन् ।

उनले भने-‘नेपालको संविधानले कमजोर पीएमका कल्पना गरेको छैन । त्यसैले विघटन गर्न पाउनुपर्छ । संसदीय प्रणालीमा यो संविधानको आधारभूत संरचना हो’।

 

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १४:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको बताएका छन् । नेपाल

 दोधारा चादनी । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई

ताजा समाचार

हिमालमा पनि बढ्यो तापक्रम
 २०८०,जेष्ठ,२८,आईतवार ०७:२२
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५