अनुष्कालाई फ्यानको प्रश्न : के साँच्चिकै प्रेग्नेन्ट हुनुहुन्थ्यो ?

काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्माले सोसल मिडियामा आफ्नो एक मिरर सेल्फी शेयर गरेकी छन् । जसमा उनी काँधमा बर्प क्लोथको कपडा राखेको देख्न सकिन्छ ।

उनले क्याप्शनमा लेखेकी छन्,’करेन् फेभरेट एक्सेसरी बर्प क्लोथ ।’

अनुष्काले जनवरी ११ मा छोरीलाई जन्म दिएकी थिइन् । उनको ताजा फोटोमा फिटनेश देखेर फ्यानहरुले उनलाई के साँच्चिकै प्रेग्नेन्ट हुनुहुन्थ्यो भन्दै प्रश्न गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?