२६ जेष्ठ २०८०, शुक्रवार

बुद्ध एयरले विराटनगर, भैरहवा र जनकपुरबाट बिहानी उडान भर्ने

२०७७,माघ,२६,सोमवार १२:३३

0
Shares

काठमाडौं । नयाँ जहाजको आगमन सँगै बुद्ध एयरले आक्रामक बजार विस्तार गर्न लागेको छ । काठमाडौं वाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान भर्ने कार्यतालिका बनाएको छ । थपिएको जहाजपछि बुद्ध एयरसँग ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज हुनेछन् ।

कोभिड–१९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रमक बजार विस्तारसहित उपस्थिति जनाउने भएको छ । यस अनुसार बुद्ध एयरले दैनिक सय उडान तथा अवतरण गर्ने गरि तालिकासमेत बनाईसकेको छ । ‘अब हामी दैनिक १०० भन्दा बढी उडान भर्नें,’बुद्ध एयर मार्केटिङ सेल्स निर्देशक रुपेश जोशी बताउँछन् ।

‘समय यात्रुको उडान हाम्रो नाराका साथ हामीले नयाँ उडान तालिका बनाएका छौं, जसअनुसार पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान भर्ने मार्कटिङ सेल्स निर्देशक रुपेश जोशी बताउँछन् । अन्य गन्तव्यहरुमा पनि यात्रुको चाप हेरि उडान विस्तार गर्ने बुद्ध एयरले विज्ञप्तिमा जनाएको छ ।

यसबाट यात्रुले आफुखुशी अनुकल समयमा हवाई यात्रा गर्नसक्छन् । अझ कर्पोरेट विजनेश सेक्टरका यात्रुहरु एकै दिनमा विभिन्न गन्तव्य आउजाउ गर्नसक्छन् । विज्ञप्तिमा भनिएको छ ।

थपिएको जहाजबाट हामीलाई नियमित विमान मर्मत सम्भार गर्न थप सजिलो हुने जोशीले बताए ।

बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक काठमाडौं र पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ ।

भारतको वनारस उडान दुवै देशको स्वीकृत पछि पुनः थाल्ने बुद्ध एयर ले जनाएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १२:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्ताव लगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ । आयोगले निर्वाचन

गल्याङ । कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको  नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन

काठमाडौं । एन आई सी एशिया क्यापिटलले “आईडिया टु आईपिओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आपिओ

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३