२६ जेष्ठ २०८०, शुक्रवार

पोखरामा निर्माण भइरहेका आयोजनाको काम समयमै सक्न मन्त्री नेम्बाङ्गको निर्देशन

२०७७,माघ,२६,सोमवार ११:३४

0
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङ्ग पोखरामा निर्माण भइरहेका विकास निर्माणका आयोजनाहरु समयमानै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आज (सोमवार) पोखरामा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरा अन्तर्गतका डिभिजन प्रमुख, आयोजना प्रमुख तथा निर्माण व्यवसायीहरुसंग यस क्षेत्रका पछिल्लो प्रगतीको जानकारी लिनुका साथै आयोजनाहरु समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै मन्त्री नेम्वाङ्गले प्रत्येक योजनाहरु कार्य योजना बनाएरै अगाडी बढाउन निर्देशन दिएका छन् ।

पोखरा काठमाडौंपछिको महत्वपूर्ण शहर भएकाले यस क्षेत्रका सडक सुन्दरीकरणको कामलाई तीब्र बनाउन निर्देशन दिँदै त्यहि भएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस क्षेत्रमा ठूलो बजेट विनियोजन गरिएको समेत उल्लेख गरे ।

छलफलमा भौतिक पूर्वाधार तथा यातायात सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सुई देवकुमार तामाङ, डिभिजन प्रमुखहरु, आयोजना प्रमूखहरु तथा निर्माण व्यवसायीहरु सहभागी रहेको थियो ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ११:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्ताव लगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ । आयोगले निर्वाचन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजमा चर्को रुपमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको बताएका

काठमाडौं । स्वच्छ पिउने पानी र सरसफाईलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

काठमाडौं । पूर्वअर्थमन्त्री तथा सांसद जनार्दन शर्माले पछिल्लो १० वर्षका बजेटको समीक्षा गर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३