२२ जेष्ठ २०८०, सोमवार

परशुराम बा को जन्मस्थलमा स्मृति सभा

२०७७,माघ,२६,सोमवार ११:४२

54
Shares

उदयपुर /लेखानी – परशुराम – शकुन्तला स्मृति प्रतिष्ठानले परशुराम बा को जन्मस्थल उदयपुर जिल्लाको कटारी नगरपालिका वडा न १४ को लेखानीमा स्मृति सभा आयोजना गरेको छ।

No description available.

वि. स. २०१७ सालमा स्थापित चन्द्रावती माविको प्राङ्गणमा आयोजित कार्यक्रममा परशुराम बाको सामाजिक योगदानको चर्चा गर्दै उनले गरेका कार्यहरु र स्पष्ट वक्ताको रूपमा उनले पाएको पहिचान नयाँ पुस्तामा हस्तान्तरण गर्न फलदायी हुने विचार विभिन्न वक्ताहरुले व्यक्त गरे ।

No description available.

कार्यक्रमकाबीच प्रत्येक वर्ष विभिन्न स्थानमा जेहन्दार छात्रवृत्ति प्रदान गर्दै आएको प्रतिष्ठानले परशुराम – शकुन्तला जेहेन्दार छात्रवृत्ति कक्षा ९ का जेहेन्दार छात्र खोम बहादुर पुवार मगरलाई प्रदान गरेको छ ।

No description available.

यसैबीच रत्नकुमारी छात्रवृृत्ति, जनहित संरक्षण मञ्च, भोलानाथ भुसाल छात्रवृत्ति क्रमश मनिष राई, अनुज पोख्रेल, कृष्णबहादुर राईलाई वितरण गरिएको छ ।

No description available.

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक नृत्य र गीतहरु प्रस्तुत गरेका थिए । उत्कृष्ट गायन गर्ने छात्रा सुस्मा मगरलाई समाजसेवी चन्दा दाहालले हौसला प्रदान गर्दै नगद प्रदान गरिन् ।

No description available.

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बेदबिक्रम हमाल ,साहित्यकार बिष्णु मुरी , शिक्षासेवी सुबास खनाल , पूर्व कर्मचारी केशव दाहाल, पूर्व प्रशासक श्याम दाहाल, डा कुमुदराज काफ्ले मङ्ग्धन राई, अमर खुलाल ,संविधानविद् काशीराज दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

No description available.

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र वडा अध्यक्ष तेजबहादुर मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाबीच आँखामा जापान कृतिको चौँथो संस्करण विमोचन गरिएको थियो।

No description available.

कृतिका लेखक तथा प्रतिष्ठानका संरक्षक प्रा. डा. रामप्रसाद दाहालले प्रतिष्ठानको गतिविधिमाथि प्रकाश पारेका थिए ।

No description available.

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ११:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०