२२ जेष्ठ २०८०, सोमवार

बक्यौता नबुझाउने ११ एयरलाइन्सलाई प्राधिकरणको ताकेता, कुनको कति बाँकी ? (सूचीसहित)

२०७७,माघ,२६,सोमवार ११:२१

0
Shares

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले हाल सञ्चालनमा नरहेका विभिन्न ११ एयरलाइन्स कम्पनीहरुलाई बक्यौता रकम बुझाउन ताकेता गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता रकम नबुझाउने ११ कम्पनीहरुलाई पटक पटक सूचना जारी गर्दा नबुझाएको भन्दै सूचना प्रकाशन गरिएको ३० दिनभित्र बुझाउन अल्टिमेटम दिएको छ ।

बक्यौता रकम तिर्न बाँकी रहेकामा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेज रहेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै तोकिएको समयभित्र बक्यौता रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने समेत जनाएको छ ।

दिपमणि राजभण्डारी, दीपक राज कोइराला, अनुप शमशेर जबरा, मुकुन्द भक्त श्रेष्ठ, रविन्द्र श्रेष्ठ, नगेन्द्र जोशी, भरतराज उप्रेती, कृष्ण श्रेष्ठ र गोपाल सुन्दर कक्षपतीको सञ्चालनमा रहेको नेकोन एयरले प्रधाकिरणलाई हालसम्म ४ करोड ७० लाख ६० हजार ७५५ रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै मणिन्द्र लाल रंजितकारको सञ्चालनमा रहेको शिवानी एयरले हाल सरकारलाई ५५ लाख ५१ हजार ५३ तिर्न बाँकी रहेको बताइएको छ । त्यस्तै अल्पाइन एयरका सञ्चालकहरु प्रदिपमान सिंह, सुरेन्द्र बहादुर मल्ल, महेश्वर भक्त श्रेष्ठले ७२ हजार ७२८ रुपैयाँ बक्यौँता तिर्न बाँकी रहेको छ ।

प्राधिकरणले जारी गरेको सूचना पढ्नुहोस्

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ११:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज भने

हेमन्त केसी – जाजरकोट । पन्ध्र शय्याको अस्पताल निर्माण शुरु गरिएको जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताल भवन पहिरोका कारण अलपत्र

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०