काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित हात पारेको छ । आइतवार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४३ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेलको ५४ औं मिनेटमा चेल्सीका एन्टोनियो रुडिगरले आत्मघाती गोल गर्दा खेल १-१ को बराबरीमा पुग्यो ।
खेलको ५८ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।
जितसँगै चेल्सी लिगको पाँचौं स्थानमा उक्लिएको छ । चेल्सीले २३ खेलमा ३ अंक जोडेको छ ।
सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।
- एजेन्सी