२२ जेष्ठ २०८०, सोमवार

एसी मिलानको शानदार जित, इब्राहिमोभिचको ५०० गोल पूरा

२०७७,माघ,२६,सोमवार १०:४२

0
Shares

काठमाडौं । जितसँगै एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतवार राति भएको खेलमा क्रोटोनलाई ४-० गोल अन्तरले पराजित गर्दै मिलान शीर्ष स्थानमा रहेको हो ।

घरेलु मैदानमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र एन्टी रेबिकले २-२ गोल गरे । घरेलु मैदानमा खेलको ३० औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

यस गोलसँगै इब्राहिमोभिचले क्लब फुटबलमा करियरको ५०० औं गोल पूरा गरे । इब्राहिमोभिचले खेलको ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको ६९ औं मिनेटमा रेबिकले गोल गदै मिलानको अग्रता ३-० बनाए । खेलको ७० औं मिनेटमा रेबिकले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ४-० को जित दिलाए ।

जितसँगै मिलानले २१ खेलमा ४९ अंक जोडेको छ । इन्टरले ४७ अंक रहेको छ ।

क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १०:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा

काठमाडौं । स्विडेन तथा इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । इब्राहिमोविचले

काठमाडौं । आयोजक टीका भैरवले सो–क्योकुसिन कराते ब्राञ्च डोजो छैटौँ राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगिताको च्याम्पियन बनेको छ ।

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०